‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलर मुख्य पात्र जितु नेपाल (हरि) र साम्राज्ञी राज्य लक्ष्मी शाह (प्यारी)को वरिपरि घुमेको छ । पैसाका आवश्यकताका अघि आउने बिभिन्न उतारचढावलाई चलचित्रको ट्रेलरले देखाएको छ । चलचित्रमा जितु र साम्राज्ञीको अलावा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई र सरला रिजालको अभिनय छ ।
डा. कपिल रिजालको निर्देशन रहेको चलचित्र नेपालीसहित हिन्दी, बंगाली, पञ्जाबी र मराठी गरेर ५ भाषामा तयार हुनेछ । कार्यक्रममा अभिनेता जितुले अभिनयमा अहिलेसम्म बनेको छवि यो चलचित्रले परिवर्तन गर्ने विश्वास राखे । यस्तै अभिनेत्री साम्राज्ञीले चलचित्रको कथावस्तु मन परेर अभिनय गरेको बताइन् ।
रोमान्टिक कमेडी जनरामा निर्माण भएको चलचित्र पर्वत र कास्कीका विभिन्न स्थानमा छायाङ्कन भएको हो ।
Latest Updates
-
-
हरर कमेडी जनरामा ‘घोस्टेल’ निर्माण हुन्, सुरजले निर्देशन गर्ने
-
एकपछि अर्को चलचित्र खेल्दै केदार घिमिरे, ‘जहाजैमा’मा अनुबन्धित
-
-
‘रियाल रिङ्गेट’को ओएसटी ‘जिन्दगीः उडी जाने हो कहाँ’ सार्वजनिक
-
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal