अमेरिकामा छायाँकन गरियो ‘हिउँको गीत’, वर्षा र जोयसको मुख्य भूमिका

वर्षा राउत र जोयस पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘हिउँको गीत’को छायांकन सम्पन्न भएको छ । ओहायो राज्यको क्लिभल्याण्ड शहरमा अधिकांश छायांकन गरिएको चलचित्रको अन्तिम दृष्य पेन्सलभेनिया राज्यको पिट्सबर्ग शहरमा छायाँकन गरिएको जनाइएको छ ।
विमल सुवेदीले निर्देशन गरेको चलचित्रमा सुबेदी र कलाकार पाण्डेको लेखन रहेको छ । नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको चलचित्रमा भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक–फरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरिएको निर्माण समूहले जनाएको छ ।
समुन्द्र राज घिमिरे निर्माता रहेको चलचित्रमा वर्षा र जोयशसँगै पूजा चन्द, आकाश खतिवडा, इश्वर कर्मचार्य, थोमस किथ स्कट, केदार उप्रेती, आरबी खड्का, अर्जुन रसाइली, समीर रेग्मी, आयुष भट्टराई, नवीन खनाल, जोशिका रामदाम लगायतको अभिनय रहेको छ ।
चलचित्रमा निशान घिमिरेको सम्पादन, शंकर बिसी र कौशिला खनाल कर्मचार्यको नृत्य निर्देशन, कौशिला खनाल कर्मचार्य, आरबी खड्का, डम्बर नेपाली, प्रतिमा श्रेष्ठको गीत रचना तथा कालिप्रसाद बास्कोटा, मदन गोपाल, डम्बर नेपाली र अर्जुन रसाइलीको संगीत तथा गायन रहेको छ ।




Latest Updates
New Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora
Next Releases (Falgun 2)
-
Dukhi Aatma
Director : Dipendra Lama
Casts : Dayahang Rai, Aanchal Sharma, Anoop Bikram Shahi, Buddhi Tamang, Puskar Gurung -
Rangi
Director : Suresh Neupane
Casts : Salon Basnet, Dilip Rayamajhi, Namrata Shrestha, Aayushi Dhakal, Bishal Pahadi