‘हरिबहादुरको जुत्ता’मा हरिवंश र प्रकाश
अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने गरी चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् ।
गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले यो चलचित्र निर्माण गर्न लागेका हुन् । ओलीले बुधबार चलचित्र विकास बोर्डमा नाम दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएका छन् ।
चलचित्रको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् । अभिनेता आचार्य र निर्माता ओलीबीच म्युजिक भिडियोमा लगातार सहकार्य भइरहेको थियो । चलचित्र निर्माणमा भने ओली पहिलोपटक होमिएका हुन् । हरिवंशले आफुले खोजेजस्तै कन्सेप्ट सुनाएपछि आफु चलचित्र निर्माण गर्न कस्सिएको निर्माता ओलीले बताए ।
अभिनेताद्धय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो । चलचित्रको थप ‘कास्ट एन्ड क्रु’ फाइनल हुन बाँकी रहेको जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
