‘तेल भिसा’को गीत ‘हरि नाम झैं’ सार्वजनिक

चलचित्र ‘तेल भिसा’को गीत ‘हरि नाम झैं’ सार्वजनिक गरिएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।
कल्याण् सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ । चलचित्रका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड लिरिकल गीतमा चलचित्रका चलअचल दृश्यहरु समावेश गरिएका छन् । चलचित्रका मुख्य अभिनेता विपिन कार्कीकी स्वर्गिय आमा सरस्वती कार्कीप्रति यो गीत समर्पित गरिएको छ ।
शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको चलचित्रमा अभिनेता विपिन कार्की दोहोरो भुमिकामा देखिएका छन् । चलचित्रमा विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार दर्शकले हेर्न पाइने छ । ‘तेल भिसा’बाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । आगामी मंसिर ७ गतेबाट चलचित्र नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन रहेको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal