चलचित्र ‘हरिबहादुरको जुत्ता’लाई युनिभर्सल सर्टिफिकेट

२०८२ असोज ७
चलचित्र ‘हरिबहादुरको जुत्ता’लाई युनिभर्सल सर्टिफिकेट

चलचित्र ‘हरिबहादुरको जुत्ता’को सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जांच समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अव यो चलचित्र सवै उमेर समुहका दर्शकले हेर्न पाउनेछन् ।

निर्माण पक्षले सेन्सर बोर्डका सदस्यहरु चलचित्रको क्लाइमेक्स हेरेर भावुक बनेके जानकारी दिएको छ । चलचित्रले हसाउदा हसाउदै भावुक बनाउने सेन्सर बोर्डका सदस्यले प्रतिक्रिया दिएको निर्माण पक्षको जिकिर छ ।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र दशैँको फूलपातीबाट प्रदर्शनमा आउंदैछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नहकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।