‘फूलबारी’को गीत ‘माया रैछ र भर रैछ नि’
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । चल–अचल दृश्यसहितको ‘माया रैछ र भर रैछ नि’ गीतले पारिवारिक प्रेमको आभास दिलाउछ । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन् ।
यस्तै गीतले पारिवारिक खुसिसंगै पिडापनि झल्काएको छ । चलचित्रमा अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसंग जोडी बाँधेका छन् । यस्तै अभिनेत्री प्रियंका कार्कीको जोडी कलाकार सोमनाथ खनालसंग बाँधिएको छ ।
कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्क्षा कट्टेलपनि पनि आवाज दिएकी छन् । चलचित्रमा विपिन, अरुणा, दयाहाङ, प्रियंका, गौमाया, सोमनाथसंगै शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक साक्षी सिंह भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।
फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
