रामबाबुको ‘फुलबारी’ फागुन ५ मा प्रदर्शन हुने
चलचित्र ‘फुलबारी’ फागुन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । उक्त मितिमा प्रदर्शन घोषणासँगै रामबाबु गुरुङ निर्देशित चलचित्रले उक्त मितिमा ‘परदेशी २ र लण्डन टु पेरिस’सँग शो बाँडफाड गर्नु पर्ने पक्का छ ।
अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा निर्माण भएको चलचित्रमा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्कीलगायतको मुख्य भूमिका रहनेछ । चलचित्रमा पारिवारिक सामाजिक कथा प्रस्तुत गरिएको निर्देशक गुरुङले जनाएका छन् ।
उपेन्द्र सुब्बाको पटकथा रहेको चलचित्रमा कमल किशोर मलपानीको कथा रहेको छ । चलचित्रमा शिल्पा मास्के, लोकेन्द्र लेखक, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहेको छ ।
यशोदा फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ । मणिराम पोखरेलले कार्यकारी निर्माता रहेको चलचित्रमा मनिष ढकालले लगानी गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
