प्रदर्शनमा आए ‘एक्टर’ र ‘फिरफिरे फिरिरी’
आबाट दुई चलचित्र ‘एक्टर’ र ‘फिरफिरे फिरिरी’ प्रदर्शनमा आएका छन् । सामान्य प्रचार सहित प्रदर्शनमा उत्रिएका दुबै चलचित्रले न्यून शो पाएका छन् ।
चलचित्र ‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका हुन् । मनोहरी थापाले निर्माण गरेको चलचित्रको कथा र संगीत सम्राट थापाले तयार गरेका हुन् । चलचित्रमा कृष्ण मल्ल, सरोज खनाल, प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, शिभु शाह, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय रहेको छ ।
यस्तै हरर कमेडी जनरामा निर्माण भएको चलचित्र ‘फिरफिरे फिरिरी’लाई नवीन भट्टले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय चलचित्र हो । चलचित्रमा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, शंकर शेढाइ, पुष्प अवस्थी र सूर्यमान लिम्बुको अभिनय रहेको छ । मनोज कुमार अधिकारीले निर्माण गरेको चलचित्रको कथा निर्देशक भट्ट र अभिनेता सन्दीप श्रेष्ठले लेखेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
