चलचित्र पत्रकार संघ, रुपन्देही अध्यक्षमा मोहन
चलचित्र पत्रकार संघ नेपाल, रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने निर्वाचित भएका छन् । मंगलबार बुटबलमा सम्पन्न शाखाको अधिबेशनबाट आगामी न्यौपाने निर्बिरोध अध्यक्ष निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिवमा बिकास गौतम, सहसचिवमा कल्पना डुम्रे, कोषाध्यक्षमा राजिब भुसाल र सदस्यहरुमा बिकास पराजुली, डि.बी. सुस्लिङ, रमेश पराजुली र सन्तकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भएसंगै अध्यक्ष न्यौपानेले संघलाई थप क्रियाशिल र आर्थिक रुपमा सबल बनाएर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । यसैगरी सदस्यहरुको वृद्धिलाई समेत प्राथमिकतामा राख्ने उनको भनाई छ ।
यसअघि उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले स्व. पत्रकार एन.बी. कंडेलको स्मृतिमा पुरस्कारको घोषणा गरेका थिए । चलचित्र पत्रकार संघ रुपन्देहीका सदस्य कंडेलको सवारी दुर्घटनामा परी ज्यान गएको थियो । कंडेलको स्मृतिमा हरेक वर्ष प्रदान गर्नेगरी स्व. एन. बी. कंडेल उत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने उनले जनाए ।
संघको कार्यकाल ३ वर्षको हुनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
