चलचित्र पत्रकार संघ, चितवन अध्यक्षमा गोबिन्द
चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाको अध्यक्षमा गोबिन्द अर्याल निर्वाचित भएका छन् । चितवनमा सम्पन्न शाखाको आठौं अधिवेशनबाट अध्यक्षमा अर्याल निर्वाचित भएका हुन् ।
साथै उपाध्यक्षमा सागर ढुंगाना, सचिवमा रविन सुवेदी, सहसचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुशिल पन्त क्षेत्री र सदस्यहरुमा मणिराज अधिकारी, प्रेम प्रसाद सापकोटा, सुरज परियार, हिरालाल आचार्य, बन्दना देपकोटा र युवराज शर्मा निर्वाचित भएका छन् । यस्तै अधिवेशनले सन्तोष बस्ताकोटी र राजकुमार देउजालाई केन्द्रिय प्रतिनिधि चयन गरेको छ ।
संघका केन्द्रिय उपाध्यक्ष कुबेर डंगोलको उपस्थितिमा निर्वाचन सम्पन्न भएको हो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
