चलचित्र छायाँकारलाई ड्रोनको प्रशिक्षण दिदै बोर्ड
चलचित्र विकास बोर्डले १० दिने ड्रोन क्यामेरा प्रशिक्षण कार्यशाला आयोजना गर्ने जनाएको छ । नेपाली चलचित्रका छायाकारहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रशिक्षण कार्यक्रम निशुल्क सञ्चालन हुनेछ ।
बोर्डले एक सूचना जारी गर्दै कार्यशालामा नेपाली चलचित्रका छायाकारहरू मात्र सहभागी हुन पाउने बताएको छ । बोर्डले कार्यशालामा सहभागी हुन नेपाली छायाकारलाई आग्रह समेत गरेको छ ।
कार्यशालाका लागि आवेदन फारम बोर्डको वेबसाइटमा उपलब्ध गराएको छ । इच्छुक छायाकारहरूले फारम डाउनलोड गरी बोर्डको इमेलमा सूचनाको प्रकाशन मितिबाट १० दिनभित्र आवेदन पठाउन सक्ने जनाएको छ । प्रशिक्षणमा सहभागी छनोट गर्दा पहिलो दर्ता भएका आवेदनलाई प्राथमिकता दिइने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
