चलचित्र ‘डोरी’को पोष्टरमा हास्य, सङ्घर्ष, र गम्भीर भाव
चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने नेपाली चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले चलचित्रको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापालाई प्रस्तुत गरिएको छ ।
पोस्टरको केन्द्रमा अभिनेत्री बराइलीलाई पारम्परिक पोसाकमा मुस्कानसहित देखाइएको छ, जसले चलचित्रको सांस्कृतिक पृष्ठभूमिको सङ्केत गर्छ । अन्य पात्रहरूको विभिन्न भावभङ्गीमा देखिएको उपस्थिति कथावस्तुमा रहेको विविधतालाई दर्साउँछ ।
पोस्टरमा मुख्यतः दुई पात्रहरूलाई विशेष रोचक ढङ्गले प्रस्तुत गरिएको छ—एक पात्रले हास्यव्यङ्ग्य झल्काउने भावमा छ भने अर्को पात्र अत्यन्त आक्रोशित मुद्रामा देखिन्छ । यसले कथावस्तुमा हास्य, सङ्घर्ष, र गम्भीर भावनाहरूको मिश्रण रहेको सङ्केत दिन्छ । पोस्टर डिजाइन विजय बस्यालले गरेका हुन् ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । यसमा वीरेन्द्र सिंह कुशवाहाको पनि अभिनय रहेको छ । चलचित्रमा निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माताको रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन् । ‘डोरी’मा स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।
निर्देशक लामाका अनुसार यो चलचित्रले कथावस्तु, अभिनय, र प्राविधिक पक्षमा नवीनता ल्याउनेछ । नयाँ पोस्टर सार्वजनिकसँगै यस चलचित्रप्रति दर्शकको चासो र प्रतीक्षा बढ्ने अपेक्षा गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
