दीपेन्द्रको निर्देशनमा ‘चिसो मान्छे’ र ‘लकडाउन’
दीपेन्द्र के खनालको निर्देशनमा दुई चलचित्र बन्ने भएका छन् । खनालको निर्देशन रहने चलचित्रहरु ‘चिसो मान्छे’ र ‘लकडाउन’ चलचित्र विकास बोर्डमा दर्ता समेत भएको छ ।
सामाजिक कथामा निर्माण हुने यि दुवै चलचित्रको नाम बिहिबार दर्ता गरिएको हो । लकडाउन अवधीमा कथा र पटकथा लेखनको काम सकाएका निर्देशक खनालले कलाकार छनोटको काम चाँडै सुरु गरिने बताए । ‘कोभिड-१९’ को संक्रमण सामान्य हुना साथ छायाँकनमा जाने तयारी निर्माण टिमको छ ।
डिएस डिजिटलको व्यानरमा निर्माण हुने दुवै चलचित्रमा शर्मिला पाण्डेको लगानी रहने छ । ‘लभ लभ लभ’ पश्चात निर्देशक खनाल र निर्मात्री पाण्डेको सहकार्यमा ‘चंगाचेट’, ‘घर’ र ‘आमा’ जस्ता समाजिक कथावस्तुमा सिनेमा निर्माण गरिसकेका छन् ।
खनाल र पाण्डेको सहकार्य रहेको पछिल्लो सिनेमा ‘आमा’ बक्सअफिसमा हिट भएको थियो । हलमा सफलतापुर्वक चलिरहेकै बेला गरिएको लकडाउनले सिनेमाको व्यापारमा प्रत्यक्ष असर गरेको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

