चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला

चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला बिजयी भएका छन् । सोमबार सम्पन्न आठौं महाधिवेशनबाट सिटौला ३ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् ।
कुल १३८ मत खसेको निर्वाचनमा सिटौलाले ७० मत ल्याइ बिजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी डब्बु क्षेत्रीले ३९ मत ल्याए । त्यस्तै अन्य प्रतिद्वन्द्वीहरु गीता अधिकारी र अनिल यादवले क्रमश: १४/१४ मत प्राप्त गरेका छन् । अध्यक्ष पदमा एक मत बदर भएको थियो ।
यस्तै संघको संगठन उपाध्यक्षमा कुबेर डंगोल र महिला उपाध्यक्षको आरक्षित कोटामा दिपज्योती थापा निर्विरोध निर्वाचित भए भने कार्यक्रम उपाध्यक्षमा जीवन पराजुली विजयी भएका छन् । जीवनले ७४ मत ल्याउदा उनका निकटम प्रतिद्वन्द्वी कुबेर गिरीले ६३ मत प्राप्त गरे ।
महासचिव पदका लागि समीर बलामी बिजयी भएका छन् । उनी ८८ मतसहित बिजयी हुँदा उनका प्रतिद्वन्द्वी बैकुण्ठराज पराजुलिले ५० मत पाएका थिए । खुल्लातर्फको सचिवमा रघुनाथ सापकोटा भारी मतका साथ बिजयी भएका छन् । रघुले १०५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी राम खड्का (आकाश)ले ३१ मत प्रप्त गरेका थिए । समावेशी सचिवको आरक्षित कोटामा विशाल राई निर्बिरोध भएका छन् ।
यस्तै संघको कोषाध्यक्षमा प्रदीप कार्की निर्बिरोध भएका छन् भने सहकोषाध्यक्षमा विनोद पोखरेल विजयी भए । बिनोदले ७२ मत ल्याउदा उनका प्रतिद्वन्द्वी लेख बहादुर आचार्य (कुमार)ले ६० मत ल्याएका थिए ।
यस्तै सदस्यहरु तर्फ महिला सदस्यको आरक्षित कोटामा सुरक्षा भट्टराई, समावेशी सदस्यको आरक्षित कोटामा दीपक गुरुङ निर्बिरोध भए भने अन्य ६ सदस्यमा नवीन गिरी (१०५), मनिष दाहाल ‘अन्जान’ (८२), मिलन ढुंगाना (७६), गोपीकृष्ण चापाँगाई (७५) गणेश ओली ‘आशिष’ (६९) र सृष्टि पोखरेल (६६) निर्वाचित भएका छन् । सदस्य पदका अन्य प्रतिद्वन्द्वीहरु श्यामहरी शिबभक्तिले ५५, मदन रिजालले ५४ र सुरज पौडेलले ५३ मत प्राप्त गरेका छन् ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi