विरगञ्जमा ‘दिलमाया २’को बिशेष शो
राजु गिरीको निर्देशन रहेको चलचित्र ‘दिलमाया २’को सोमबार विरगञ्जमा बिशेष शो सम्पन्न गरिएको छ । आगामी चैत्र १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको बिशेष शोमा नेकपा एमालेमा प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।
चलचित्रको निर्माण टिम आइतबार बिशेष शोको लागि कलाकारसहित विरगञ्ज पुगेको थियो । मधेश प्रदेशको विरगञ्जस्थित त्रिमुर्ती हलमा चलचित्रको पहिलो बिशेष शोको आयोजना गरिएको हो । निर्देशक गिरीले देशका विभिन्न शहरमा चलचित्र प्रदर्शन पूर्व बिशेष शोको आयोजना गर्ने तयारी भइरहेको बताए ।
राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा राजु गिरीकै लेखन तथा निर्देशन रहेको छ ।
बिष्णु मिराकर र सुस्मिता खत्रीले खिचेको चलचित्रमा खुम बहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको छ । चलचित्रलाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
