Mansara

चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनीक

२०७६ फागुन ७
चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनीक

चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनीक गरिएको छ । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा गाडा चलाएर जीविको पार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक मिश्रले चलचित्रको कथा अर्गानिक भएको जनाएका छन् । शहरमा बसेर जीविको पार्जन गर्न गाडा चलाउनेहरुको दुःख र संघर्षलाई चलचित्रमा देखाएको उनको भनाई छ । चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा छन् । चलचित्रमा नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवा बिशेष भूमिकामा रहेको निर्माण पक्षले जनाएको छ । 

सिके वाग्लेको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सहनिर्मातामा दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ ।

चलचित्र यही फागुन १६ गतेबाट प्रदर्शनमा आउने छ ।