Mahajatra

‘धुलो’को फस्र्टलुक सार्वजनिक

२०७६ माघ २८
‘धुलो’को फस्र्टलुक सार्वजनिक

चलचित्र ‘धुलो’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको चलचित्र फागुन १६ गते प्रदर्शन हुने भएको छ ।

रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा छन् । चलचित्रमा नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवा बिशेष भूमिकामा रहेको निर्माण पक्षले जनाएको छ ।

सिके वाग्लेको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सहनिर्मातामा दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ ।