Mansara

धिरजको स्वभाव भन्दा अलग – ‘बाबरी’को क्यारेक्टर

२०७९ असोज ५
धिरजको स्वभाव भन्दा अलग – ‘बाबरी’को क्यारेक्टर

४ वर्ष पछि धिरज मगर चलचित्रको पर्दामा देखिदैछन् । असोज १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बाबरी’मा उनी मुख्य भूमिकामा देखिएका छन् ।

आफ्नो पहिलो चलचित्र ‘ईन्टु मिन्टु लण्डनमा’ बाट नै उनको लोभलाग्दो क्रेज देखिएको थियो । त्यही क्रेजले उनी राइजिङ स्टारका रुपमा चित्रित भए । धेरैले उनको त्यही क्रेजका कारण ‘बाबरी’को इनिसियल व्यापारमा फाइदा पुग्ने विश्लेषण गरिरहेका छन् । तर, धिरजलाई भने आफू स्टारडम भएको अभिनेता हुँ भन्ने लाग्दैन । हालैको एक भेटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै धिरजले भने – ‘म सँग चलचित्रको राम्रो ओपनिङ गर्ने खालको स्टारडम छ भन्ने नै लाग्दैन । मलाई व्यक्तिगत रुपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन ।’

आफुले अझै धेरै धेरै कुरा सिक्न बाँकी रहेको भन्दै धिरज चलचित्र चल्नका लागि चलचित्र नै आफैंमा राम्रो हुनुपर्ने तर्क गर्छन । पहिलो ‘इन्टु मिन्टु लण्डनमा’ र दोस्रो चलचित्र ‘बाबरी’मा आफूले निर्वाह गरेको भुमिका नितान्त अलग रहेको उनको भनाई छ । यसअर्थ यो चलचित्रको पात्रलाई न्याय गर्न आफुले सोही अनुरुप मेहनत पनि गरेको उनी बताउँछन् । चलचित्रमा धिरजले ग्रामिण क्षेत्रको ठकुरीको क्यारेक्टर निर्वाह गरेका छन् । जुन क्यारेक्६र उनको स्वभाव र रियल लाइफ भन्दा बिल्कुलै अपजोजिट छ रे ।

चलचित्र राम्रो बनेको कुरामा बिस्वस्त देखिएका धिरज दर्शकको मन जित्नेमा निकै आशाबादी छन् । दशैंको अवसर पारी चलचित्र रिलिज हुन लागेको छ । उनी परिवारका साथ  ‘बाबरी’ हरेरे फेष्टिवल सेलिब्रेट गर्न सकिने बताउँछन् ।

सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रमा अदिति बुढाथोकी, धिरज मगर र धिरज टोटलानीको मुख्य भूमिका रहेको छ । रोमान्टिक कमेडी जनराको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निर्देशक पौडेलकै सम्पादन र सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराको लेखन रहेको छ । चलचित्रका निर्माता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी हुन् ।

Mahajatra