मंसिर २३ मा ‘डेसान’
चलचित्र ‘डेसान’को फस्र्टलुक पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र २३ मंसिरमा प्रदर्शन हुनेछ ।
सार्वजनीक दुई डिजाइन मध्ये एउटा पोस्टरमा डेब्यु अभिनेत्री पुनम थापा र डेब्यु अभिनेता निशान चौहान रोमान्टिक अवतारमा देखिन्छन् भने अर्काे पोस्टरमा निशान र पुनमका साथमा नम्रता सापकोटा र भोला सापकोटालाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ ।
पर्फमिङ आर्ट कृएसनको ब्यानरमा निर्मित चलचित्रमा नम्रता सापकोटा, निशान चौहान, भोलाराज सापकोटा, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारुमगरलगायतका कलाकारको अभिनय छ । चक्रबहादुर महर्जनको छायाँकन रहेको चलचित्रको गीत राजु थापाले लेखेका हुन् भने हरि लम्सालको संगीत अनि प्रताप दास र प्रबिशा अधिकारीको स्वर छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रलाई एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।
राज थापा काउचाको कथा रहेको चलचित्रको स्क्रिप्ट निर्देशक कमल स्वयम्ले लेखेका हुन् । कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्र नेपालभन्दा पहिला बिभिन्न देशमा प्रदर्शन हुने तयारीमा छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
