दयाहाङलाई लिएर चलचित्र गर्दै दिपक श्रेष्ठ
चलचित्र ‘घिन्ताङ’ रिलिज अगावै निर्देशक दिपक श्रेष्ठ अर्को चलचित्रको तयारीमा जुटेका छन् । कुनै समयका चर्चित निर्देशक श्रेष्ठले आगामी चलचित्रका लागि नायक दयाहाङ राईसँग सम्झौता गरेका छन् । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।
मंगलवार निर्देशक श्रेष्ठ र हेड अफ प्रोडक्शन सुरज आचार्यको उपस्थितिमा चलचित्रका प्रस्तुतकर्ता केवल तामाङ र दयाहाङबीच कागजी सम्झौता भएको हो । निर्देशक श्रेष्ठ स्वयंको लेखन रहने चलचित्रमा कोमल गुरुङको लगानी रहनेछ । आगामी माघ २० गतेबाट छायांकन सुरु गर्ने गरि यतिबेला प्रि–प्रोडक्सनको काम भइरहेको छ ।
लभस्टोरी र कमेडी कथामा निर्माण हुने चलचित्रका अन्य कलाकार भने फाइनल हुन बाँकी छन् । सिक्किम र इलाममा छायाँकन हुने चलचित्र प्रोमिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने छ । निर्माणमा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ ।
दिपक श्रेष्ठ निर्देशित चलचित्र ‘घिन्ताङ’प्रदर्शनको तयारीमा छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
