‘दान्भी’ जेठ १० गतेबाट रिलिज हुने
जेष्ठ १० गतेलाई चलचित्र ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छ । महाशिवरात्री तथा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
रुपेश तामाङको निर्देशन रहेको चलचित्र बुद्ध जयन्तीको सार्वजनिक बिदालाई ध्यानमा राख्दै बिहिबार नै रिलिज हुनेछ । एक्सनप्रधान चलचित्र नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । पूजाको जोडीको रुपमा कुन्साङ बोमजमले अभिनय गरेका छन् । चलचित्रमा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।
नेपाल र भारतमा छायाँकन गरिएको चलचित्रका निर्माता देव मगर र अनुप गडाल हुन भने पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । यस्तै कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल चलचित्रका सह–निर्माता हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
