१५ कलाकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’

२०८२ कार्तिक २४
१५ कलाकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’

चलचित्र बिकास बोर्डले १५ जना चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ । बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार तथा सम्मान प्रदान गरेको अध्यक्ष दिनेश डिसीले जनाएका छन् ।

बोर्ड परिसर, चाबहिलमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रबिधीमन्त्री जगदीश खरेलले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । कलाकर्मीहरुलाई २० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

सम्मानित हुनेमा कलाकारहरु शिव श्रेष्ठ, सबिता गुरुङ, हेमन्त बुढाथोकी, स्व. केशव भट्टराई (मरणोपरान्त) र नाजिर हुसेन, निर्देशकहरु तीर्थ थापा, रिमेश अधिकारी, सम्झना रौनियार, निर्माताहरु युवराज लामा र किशन पोखरेल, गायक गायिका यस कुमार र अञ्जु पन्त, प्राबिधिक रेनीश फागो, पत्रकार ध्रुव लम्साल र महोत्सव व्यवस्थापक रम्यता लिम्बू रहेका छन् ।