चलचित्र ‘चिट्ठी’को ट्रेलर सार्वजनिक

२०८२ भाद्र ७
चलचित्र ‘चिट्ठी’को ट्रेलर सार्वजनिक

चलचित्र ‘चिट्ठी’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी, हरर र सस्पेन्सको मिश्रणमा बनेको चलचित्र भाद्र २० गतेदेखि प्रदर्शनमा आउदै छ ।

माधव राज खरेलको लेखन र निर्देशन रहेको चलचित्र एरा प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।संचारकर्मी कमला जोशीको लगानी रहेको चलचित्रलाई कुबेर डिष्ट्रिब्युसनले बितरण गर्ने भएको छ ।

चलचित्रमा अर्गानिक कमेडियन रुपमा चर्चा कमाएका खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, कञ्चन चालिसे, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्टलगायत कलाकारहरूको अभिनय छ ।