शुरु भयो ‘छक्का पन्जा ४’

‘छक्का पन्जा’को चौथो सिरिज ‘छक्का पन्जा ४’ शुभमूर्हत सँगै छायाँकन शुरु गरिएको छ । सोमबार भक्तपुरको सूर्यविनायक मन्दीरमा पुजा गर्दै सहित चलचत्रको मुहुर्त गरिएको हो ।
‘छक्का पन्जा’ सिरिजको निर्देशन दिपाश्री निरौलाले सम्हाल्दै आएको भएपनि चौथो सिरिजमा निर्देशक परिवर्तन भएका छन् । आमा सरस्वती मुभिजको व्यानरमा निर्माण हुने चौथो सिरिजलाई हेमराज बिसीको निर्देशन गर्नेछन् । यसअघि हेमराज बिसीसँग टिमअप हुँदै ‘माग्ने राजा’ नाममा चलचित्र बनाउने तयारी गरेको टिमले ब्यवसायिक लाभ हेर्दै ‘छक्का पन्जा ४’ नै बनाउन लागेको बुझिएको छ ।
साउन अन्तिमसम्म छायाँकन सक्ने तयारीमा रहेको निर्माण टिम कात्तिक दोस्रो साता चलचित्र प्रदर्शनको तयारीमन छ । चलचित्रमा दीपकराज गिरी, बेनिशा हमाल, राज आचार्य, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ ।
Latest Updates
New Releases (Shrawn 20)
-
Ma
Director : Subarna Thapa
Casts : Nirajan Pradhan, Nisha Adhikari, Sabin Shrestha, Rubina Thapa, Naren Khadka
Next Releases (Bhadra 3)
-
Krishna Leela
Director : Dipak Oli
Casts : Puspa Khadka, Shraddha Chhetri, Buddhi Tamang, Rabindra Jha, Hiuwala Gautam -
Premganj
Director : Parichhed Sen
Casts : Benisha Hamal, Tej Giri, Sampada Baniya, Supriya Khanal, Simran Khadka -
Micle Adhikari
Director : Ranjeet Rauniyar
Casts : Saugat Malla, Shristi Shrestha, Anny Kunwar, Hemanta Budhathoki, Bidhya Karki