पोस्टरमा यस्तो देखियो अनमोलको ‘छड्के २’
अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’को पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गते रिलिज हुने चलचित्रको अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा पोस्टर सार्वजनिक गरिएको हो ।
फस्टलुक रिलिज भएसंगै चर्चामा रहेको चलचित्रको नयाँ पोस्टरले दर्शकको ध्यान तान्न सफल हुन्छ । नयाँ सालमा अनमोलका फ्यानका लागि नयाँ पोस्टर उत्कृष्ट उपहार बन्न सक्छ ।
ग्याङस्टर जनरामा निर्माण भएको चलचित्रको पोस्टरमा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । नयाँ पोस्टरमा चलचित्रका अन्य कलाकारहरुपनि फिचर्ड छन् । अनमोललाई आफ्नो समुहको नाइकेको रुपमा प्रस्तुत गरिएको छ ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् ।
चलचित्रको चितवन र मुस्ताङमा छायांकन गरिएको छ । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर चलचित्र हो । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
