‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक

‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
क्राइम थ्रिलर जनरामा बनेको चलचित्रको ट्रेलर २ मिनेट ३६ सेकेण्डको छ । ट्रेलरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका अधिकांश कलाकारहरुलाई देखाइएको छ । चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।
पुस २ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रलाई अर्जुन कुमारले निर्माण र निकेश खड्काले निर्देशन गरेका हुन् । अर्जुन कुमार फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा आकाश बरालको पटकथा र संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायाँकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Bhadra 20)
-
Reemai
Director : Khil Bahadur Gurung
Casts : Dayahang Rai, Rishma Gurung, Arpan Thapa, Gaumaya Gurung, Buddhi Tamang
Next Releases (Ashwin 13)
-
Hari Bahadur Ko Jutta
Director : Dipendra K. Khanal
Casts : Hari Bansha Acharya, Swastima Khadka, Prakash Saput, Priyanka Karki, Divya Dev