टिकटक बनाऊ बैंकक घुमौं
चलचित्र ‘चपली हाइट ३’ ले टिकटक बनाउ बैंकक घुमउ अफर सार्वजनिक गरेको छ । इच्छुक व्यक्तिले ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाउनुपर्नेछ । टिकटक बनाउनेहरुबाट उतकृष्टलाई बैंकक घुमाईने निर्माता अर्जुन कुमारले जनाएका छन् ।
उत्कृष्टको छनौट सबैभन्दा धेरै लाइक र भ्यूजका आधारमा गरिनेछ । अर्थात सबैभन्दा धेरै लाइक र भ्यूज पाएको टिकटक भिडियोमध्ये एउटालाई विजेता घोषणा गरिने बताइएको छ ।
निकेश खड्का निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र चैत २८ गतेबाट प्रदर्शनमा आउने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
