बेलायतमा रुचाइयो ‘क्याप्टेन’

चलचित्र ‘क्याप्टेन’ बेलायतमा प्रदर्शन गरिएको छ । चलचित्रका मुख्य कलाकार अनमोल केसी र निर्माता तथा अभिनेता भुवन केसीको उपस्थितिका बिच बेलायतमा क्याप्टेन प्रदर्शन गरिएको हो ।
बेलायतको अल्डरसर्ट स्थित प्रिन्सेस हलमा गरिएको रेडकार्पेट शोमा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी, गायिका मिरा राणा, गायक योगेश्वर अमात्य, सितु खरेल, नायक ध्रुव दत्त, नायिका दिया पुन, यादव श्रेष्ठ लगायतका कलाकर्मीहरु समेत सहभागी भएका थिए । फुटबलमा आधारित चलचित्र क्याप्टेन हेरेपछि बेलायतमा रहेका नेपालीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्र मन परेको भन्दै क्याप्टेनले खेलाडी र खेलप्रेमीहरुलाई उत्साहित बनाउको प्रतिक्रिया समेत मिलेको छ ।
चलचित्रमा अनमोल केसीका अलवा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ । उपासना सिंह ठकुरी, प्रियंका एमभीको यो डेब्यु फिल्म हो । भुवन केसीले निर्माण गरेको सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी, नवराज उपे्रतीेको छायाँकन, दिर्घ खड्काको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung