चलचित्र ‘दुखी आत्मा’को ‘ब्रेकअप कविता’ सार्वजनिक

चलचित्र ‘दुखी आत्मा’मा समावेश ‘ब्रेकअप कविता’ सार्वजनिक गरिएको छ । फागुन २ गते भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउने चलचित्रमा कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु समावेश छन् । जसमध्येको पहिलो कविता सार्वजनिक गरिएको हो । कवितालाई अभिनेता दयाहाङ राईको पात्रले वाचन गरेको छ ।
दिपेन्द्र लामाको निर्देशन रहेको चलचित्रको सार्वजनिक कवितामा दयाले अभिनेत्री आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन् । क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको चलचित्रलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । चलचित्रमा निर्देशक लामाकै लेखन, आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी छ ।
एडल्ट ड्रामा भनिएको चलचित्रमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रका कार्यकारी निर्माता सुदिप ढकाल हुन् ।
Latest Updates
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
-
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi