चलचित्र ‘बोक्सीको घर’को टिजर सार्वजनिक
अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर टिजर रिलिज गरिएको हो ।
यो चलचित्र ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको छ । सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण भएको हो ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजना अभिनेत्री तथा निर्मात्री अधिकारीको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । यस्तै कार्यकारी निर्माता राज घिमिरे हुन् ।
चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
