चलचित्र विकास बोर्डद्वारा ९७ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण
नेपाली चलचित्र क्षेत्रमा २० वर्षभन्दा बढी योगदान दिएका ९७ जना चलचित्रकर्मीलाई आज चलचित्र विकास बोर्डले विशेष कार्यक्रम आयोजना गरी चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ ।
चलचित्र विकास बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसी, सदस्य राजु केसी र केएल पिडितले चलचित्रकर्मीहरूलाई परिचयपत्र प्रदान गरे ।
उक्त अवसरमा अध्यक्ष डिसीले परिचयपत्र वितरण कार्यक्रम चलचित्रकर्मीहरूको पहिचान, सुरक्षा, र सम्मान सुनिश्चित गर्न महत्वपूर्ण कदम भएको बताए । उनले भने – “यो कदमले चलचित्रकर्मीको पेशागत परिचयलाई औपचारिक मान्यता दिँदै उनीहरूको अधिकार र सुविधामा सहज पहुँच दिलाउनेछ ।”
परिचयपत्र वितरण कार्यक्रमले चलचित्रकर्मीहरूलाई पेशागत पहिचान मात्र होइन, कानुनी सुरक्षा, सरकारी सेवा र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर पनि प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
