वैशाख १२ मा चलचित्र ‘भूठान’
चलचित्र ‘भूठान’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले बिहिबार पोष्टर सार्वजनिक गर्दै आगामी वर्ष २०८२ को वैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । विनोद पौडेलले निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोयस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउडका चर्चित अभिनेता ब्रुस डर्नले पनि अभिनय गरेका छन् ।
चलचित्र भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देश प्रेम तथा आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफ्नो जराको खोजको कथामा केन्द्रित रहेको बताइएको छ । चलचित्रको सम्पूर्ण छायाङ्कन अमेरिकामा गरिएको हो ।
चलचित्रमा सुसन प्रजापतिको छायाङ्कन, अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ्ग, उज्ज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल र समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गरेका छन् ।
चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो । चलचित्रका प्रमुख निर्माताहरूमा राजेन्द्र ठकुराठी, अमिताभ जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, एलएन अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् भने सह निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली छन् । यसका अलावा दिपक गजमेर लाईन प्रड्युसर र एसोसियट प्रड्युसरमा एली बोहरा रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
