चलचित्र ‘भूइफूल’ निर्माणको घोषणा

चलचित्र ‘भूइफूल’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक समारोहको बिच चलचित्र निर्माणको औपचारिक घोषणा सहित शुभमूर्हूत गरिएको हो ।
भुमेथान चलचित्र प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा नेत्र सन्त्यालको लेखन तथा निर्देशन रहने छ भने गोविन्द प्रभात, नरेन खड्का, दीपेन्द्र सिंह दर्नाल, तुलसा थापा, चन्दा राई, पुर्णिमा लामा लगायतका कलाकारको अभिनय रहने छ ।
द्धन्द्ध कालमा विस्थापित भएर मधेसमा बसोबास गर्न आइपुगेका बिभिन्न समुदाय मध्ये दलित समुदायमा हुने उतारचढाप तथा राज्यले गरेको बिभेदको बिषय चलचित्रले उठाउन खोजेको जनाइएको छ । सरिता राइ प्रस्तुतकर्ता र उर्मिला वान्तवा राई निर्माता रहेको चलचित्रको छायाँकन वैशाख २५ बाट छायाँकन सुरु हुनेछ ।
चलचित्रमा रामेश्वर हुमागाइको छायाँकन, गोविन्द प्रभातको नृत्य निर्देशन, रमेश खड्काको संगीत र गणेश सुवेदीको गीत रहने छ । केही चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरेका नेत्र सन्त्यालले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
अभिनेत्री करिस्मा मान्नधरले एक्सन कट भनेको मुर्हूत कार्यक्रममा नृत्य निर्देशक गोबिन्द राईले क्ल्याप पड्काएका थिए, भने चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले नरिवल फुटाए । कलाकार गोविन्द प्रभात, दिपेन्द्र सिंह दर्नाल, तुलसा थापा लगायतले चलचित्र भित्र रहने एक दृश्य सम्वाद सहित प्रस्तुत गर्दै मूर्हूत सट दिएका थिए ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal