Missing: Kt Harayeko Suchana
Juna
Rangi

‘वसन्त’को पोस्टर सार्वजनिक, प्रकाश भन्छन् – म भित्रका सबै रंगहरु पोखेको छु

२०८१ पौष २१
‘वसन्त’को पोस्टर सार्वजनिक, प्रकाश भन्छन् – म भित्रका सबै रंगहरु पोखेको छु

चलचित्र ‘वसन्त’को पोस्टर सार्वजनिक भएको छ । चलचित्रका निर्देशक, लेखक, कलाकार तथा गायक प्रकाश सपूतले सामाजिक सञ्जालमार्फत पोष्टर सार्वजनिक गरेका हुन् ।

पोस्टरमा सपुत स्वयम फिचर्ड छन् । लक्ष्मीप्रसाद देवकोटा र पारिजातको भित्ते तस्वीर सामुन्ने उनको पात्र अध्ययन कर्ममा ब्यस्त देखिन्छ । प्रदर्शन २ महिना अघि पोष्टर सार्वजनिक गर्दै उनले चलचित्रको प्रचार सुरु गरेका हुन् ।

चलचित्रमा स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादेको समेत अभिनय छ । गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रका निर्माता मोहन विश्वकर्मा र विन्दू बोहरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन् । 

चैत २२ गतेबाट प्रदर्शन हुने चलचित्रको पोस्टर सार्वजनिक गर्दै सपूतले लेखेका छन् -

मैले “बसन्त” मा म भित्रका सबै रंगहरु पोखेको छु । यदि बसन्त तपाईलाई बबाल लाग्यो भने, म बबाल हु । यदि लागेन भने पनि मेरो प्रतिभाको दायरा यत्ति नै हो । मेरो सिमितता यहि सम्म हो ! मैले यहा भन्दा थप केहि जान्दिन । यसो भनौ, म यो जन्मका लागी जम्मा जम्मि यत्तिनै हु ! बसन्त जत्ति !

अब बाकि कर्महरु यसकै निरन्तरता हुनेछन । लेखन, सिर्जना, गायन, अभिनय, निर्देशन, निर्माण, जिवनमा अगाडि जुन कर्म गरे पनि त्यो बसन्तकै एउटा रंग हुनेछ ! किनकि यो जन्मका लागी म जम्मा जम्मि यत्तिनै हु ! बसन्त जत्ति..

अनि सुन्नुस न , हुनत बल्ल शिशिर रितु शुरु हुदैछ तर हामीलाई बसन्त लागिसक्यो । अर्को हप्ता देखि एक-एक थुंगा लालिगुराँस तपाईलाई सप्रेम उपहार पठाउदैछौ । चैत्र २२ ( April 4)को निम्तो सम्झेर स्विकार्दै जानु होला है

Kumari Bank