अष्ट्रेलियामा बद्री बहादुरको प्रिमियर

२०७९ श्रावन १५
अष्ट्रेलियामा बद्री बहादुरको प्रिमियर

शोभित बस्नेत निर्देशित चलचित्र बद्री बहादुरको जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर गरिएको छ । चलचित्रको नेपाल रिलिज अगाडी विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक बस्नेतले गरेका छन् । चलचित्रलाई अष्ट्रेलिया शोबाट सुखद प्रतिक्रिया मिलेको छ ।

बद्री बहादुरलाई  मिलेको दर्शक प्रतिक्रियाबाट निर्देशक बस्नेत खुशी छन् । चलचित्र रिलिजको लागि शोभित केही समयअघि अष्ट्रेलिया उडेका थिए । चलचित्रको अझै ३ शहरमा समेत शो गरिनेछ । नेपालमा भने चाँडै रिलिज हुनेछ । 

संचारकमर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् ।

चलचित्रमा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । बद्री बहादुरमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य  र वर्षा चौलागाईको अभिनय रहेको छ । यही चलचित्रबाट एलिना गुरुङले नेपाली चलचित्रमा डेव्यु गरेकी छिन् ।

चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन रहको छ । ‘बद्री बहादुर’मा बिनोद सापकोटाको छायांकन र समिर मियाको सम्पादन रहेको छ ।