Mansara

देशका ६ शहरमा पुग्दै ‘बाबरी’ टिम

२०७९ असोज ४
देशका ६ शहरमा पुग्दै ‘बाबरी’ टिम

प्रचारलाई तिब्र बनाइरहेको चलचित्र ‘बाबरी’ टिम मोफलस टुरमा निस्कने भएको छ । असोज १४ गतेबाट प्रदर्शन हुने चलचित्रको मोफसल टुर असोज ५ गते बिर्तामोडबाट सुरु भई देशका ६ ठुला सहरमा प्रमोशन इभेण्ट गर्दै ९ गते पोखरामा सकिने छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चवलचित्रको प्रमोशनल टुरमा चलचित्रका मुख्य कलाकारहरुको उपस्थिति रहने छ ।

सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि आफ्नो टिमले चलचित्रको प्रचार प्रसारमा कमी हुन नदिन मोफसल टुरको आयोजना गरिएको निर्देशक पौडेलको भनाई छ । ‘बाबरी’ टिम असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटबल र ९ गते पोखरामा दर्शक साक्षात्कार गरेर काठमाडौं फर्कने छ ।

यस्तै ९ गतेबाट १२ गतेसम्म काठमाडौंका विभिन्न ठाउँमा सांगितिक भव्य कन्सर्टको आयोजना गर्दै  ‘बाबरी’को प्रचार गरिने निर्माण टिमले जानकारी दिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको चलचित्र त्रिकोणात्मक प्रेमककथामा आधारित छ ।

चलचित्रमा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको चलचित्रमा सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत र निर्देशक पौडेलकै सम्पादन रहेको छ ।
 

Mahajatra