मोफसलका दर्शक माझ ‘बाबरी’ टिम
बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन् लागेको चलचित्र ‘बाबरी’ प्रमोसनको क्रममा सुन्दर नगरी पोखरा पुगेको छ । असोज ५ देखि देश दौडाहमा निस्किएको ‘बाबरी’ टिमले आइतबार पोखराका दर्शकसंग साक्षात्कार गर्यो ।
प्रमोसन टिममा अभिनेता धिरज मगर, धिरज नाडकर, कमलमणि नेपाल, अभिनेत्री अदिति बुढाथोकी र निर्मात्री पुष्पलता बुढाथोकीलगायत थिए । पोखराका क्याम्पसहरुमा धिरज, अदिति र धिरज पुग्दा विद्यार्थीहरु सेल्फी र अटोग्राफ लिन झुम्मिएका थिए । विशेष गरि धिरज मगर र अदितिको क्रेज देखियो ।
दर्शक माँझ चलचित्रको जानकारी दिदै तीन मुख्य कलाकारले संवाद बोलेर मनोरञ्जन प्रदान गरेका थिए । केहि क्याम्पसमा कलाकारहरुले चलचित्रका हिट गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’मा कम्मर मर्काएका थिए ।
दर्शकहरुसँग धिरज मगरले आफुहरुले एउटा राम्रो चलचित्र बनाएको भन्दै हेरिदिन आग्रह गरे । अभिनेत्री बुढाथोकीले लामो समयको अन्तरालपछि दर्शक माँझ पुग्न पाउँदा खुसि लागेको र दर्शकको साथ पाउने अपेक्षा राखिन् । टिमले यसअघि दमक र इटहरी टुर सम्पन्न गरिसकेको छ । सुरेन्द्र पौडेलको निर्देशन र सम्पादन रहेको ‘बाबरी’ले त्रिकोणात्मक प्रेमकथा भन्छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
