‘ब्याटल अफ गलवान’बाट अनुपविक्रम शाहीको बलिउड डेब्यू
अभिनेता अनुपविक्रम शाहीले बलिउडमा डेब्यू गरेका छन् । उनले चलचित्र ‘ब्याटल अफ गलवान’बाट बलिउडमा डेब्यू गरेका हुन् ।
बलिउड स्टार सलमान खानको ब्यानर सलमान खान फिल्म्सले निर्माण गरिरहेको गरिरहेको चलचित्रलाई अपूर्व लाखियाले निर्देशन गरेका छन् । चलचित्रमा सलमान खानको मुख्य भूमिका छ ।
अनुपले सामाजिक संजालबाट चलचित्रको पहिलो सेड्युलको छायांकन लद्दाखमा सम्पन्न भएको जानकारी दिएका छन् । उनी लेख्छन्, ‘ सलमान खान सरसँग एसकेएफ फिल्म्सद्वारा निर्मित र अपूर्व लाखिया सरद्वारा निर्देशित, लद्दाखमा मेरो डेब्यू बलिउड चलचित्रको पहिलो तालिका पूरा गर्न पाउँदा साँच्चै सम्मानित र कृतज्ञ महसुस गर्दैछु । अगाडिको यात्राको लागि उत्साहित छु ।’
भारतीय संचारमाध्यमका अनुसार सलमानले पनि पहिलो चरणको छायांकन सकेर मुम्बई फर्किएका छन् । जुन १५, २०२० मा गलवान घाँटीमा भएको भारतीय र चिनियाँ सेनाबीच भएको झडपको कथावस्तुमा चलचित्र आधारित छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
