अनमोल केसीले छोडे ‘एक्स ९’
निर्धारित समयमा छायांकन सुरु नभएको भन्दै अनमोल केसीले चलचित्र ‘एक्स ९’ छोडेका छन् । चलचित्र छोडेका अनमोलले साइन गर्दा बुझेको पेश्की रकम समेत फिर्ता गरिसकेका छन् । आफुले समय दिएका अन्य चलचित्रको सेड्युलका कारण पनि अब यो चलचित्रमा काम गर्न नसक्ने उनले जनाएका छन् ।
त्यसो त उनी महङ्गो पारिश्रमिक लिएर लकडाउनको समयमा यो चलचित्रमा अनुबन्धित भएका थिए । यसै चलचित्रका लागि शाकाहारी अनमोलले माछा–मासु समेत खाना थालेका थिए । चलचित्रका लागि भनेर उनले कडै मेहनत पनि गरेका थिए ।
यद्यपी निर्माण घोषणाको लामो समय सम्म चलचित्रको छायाँकन शुरु हुन सकेन । निर्देशक मुकुन्द भट्टले लोकेसन हेर्ने र अन्य कलाकारलाई टिममा भित्राउने काम भने गरिरहेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
