‘एक्टरः टेक वन’को गीत ‘के भरोसा गरम’ सार्वजनिक

चलचित्र ‘एक्टरः टेक वन’को गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । गीतको भिडियोमा नायक प्रदिप खड्कालाई दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ । गीतमा हर्कुलस बस्नेतको सङ्गीत, उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेत र इन्दिरा जोशीको आवाज रहेको छ । त्रिकोणात्मक प्रेमकथा दर्साइएको गीतमा किरण थापाले कोरियोग्राफी गरेका हुन् ।
गीतको भिडियोले चलचित्रमा प्रदिप दोहोरो भूमिकामा त छैनन्भ ? न्ने प्रश्न पनि उब्जाएको छ । अभिनेत्री आनासंगको दृश्यमा बोल्न सक्ने र दिव्यासँगको दृश्यमा बोल्न नसक्ने भूमिकाका दृश्य गीतमा देखिएका छन् ।
माघ १६ गते रिलिज हुने चलचित्रको निर्देशन राजन भुसालले गरेका हुन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ । चलचित्रमा प्रदिप, आना, र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
‘एक्टरः टेक वन’ अधृत फिल्म्स् र मोती फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सहनिर्माता अनीश भुसाल रहेका छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । चलचित्रमा हर्कुलससहित रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन् ।
Latest Updates
-
विजय अभिनित ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक, कोरिया सपनाको कथा
-
‘शाम्बाला’ उत्कृष्ट चलचित्र, विजय र उपासना उत्कृष्ट अभिनेता/अभिनेत्री
-
-
-
-
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak