‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतको आदेश
चलचित्र ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो । अदालतको आदेशसँगै भोलि बुधबारबाट प्रदर्शनमा हुने तयारीमा रहेको चलचित्रका् प्रदर्शन रोकिएको छ ।
अदालतले आदेशमा भनेको छ, ‘निवेदकको चलचित्र एक्टर प्रदर्शन भइरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर स् टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीको नाममा अल्पकालिन आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीलाई दिनू ।’ अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ ।
गत माघ ४ गते प्रदर्शनमा आएको चलचित्र ‘एक्टर’को प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरी गरेर ‘एक्टरः टेक वन’ निर्माण गरिएको दाबीसहित चलचित्रको प्रदर्शन रोक्न माग गर्दै आइतबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।
राजन भुसालको निर्देशनमा तयार भएको ‘एक्टरः टेक वन’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ । चलचित्रका निर्माता थमन भण्डारी हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
