‘एक्टर’मा प्रदीपको जोडी बन्दै दिव्या
अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने चलचित्र ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र दिव्याका तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच कागजी संझौता भएको छ ।
निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि चलचित्रमा काम गर्न सहमति जनाएकी थिइन् । अमेरिकामा अध्ययनरत रहेकी दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि काम गर्न राजी भएको बताएकी छिन् । दिव्या केही सातापछि नेपाल आउँदैछिन् ।
चलचित्रमा नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ । राजन भुसालको निर्देशन रहने चलचित्रमा थमनकुमार भण्डारीको लगानी छ भने सह–निर्मातामा एनिस भुसाल छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
