‘आ बाट आमा’को चार देशको प्रदर्शन राइटस् बिक्रि
आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्र ‘आ बाट आमा’को युएई, कतार, बहराइन र इजरायल प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण पक्षले बिहिबार यि चार वटा देशमा आफ्नो चलचित्र सोल्ट आउट भएको जानकारी दिएको छ।
यसअघि यस हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ। पछिल्लो समय यो चलचित्रको विदेशमा माग बढेको देखिन्छ। यस चलचित्रको निर्देशक चन्द्र पन्त हुन्। उनका अनुसार विदेशी बजारबाट आएको उत्साहप्रद प्रतिक्रिया नेपाली चलचित्रका लागि सुखद संकेत हो।
निर्देशक चन्द्र पन्तको कथा तथा निर्देशनमा निर्माण भएको यो चलचित्रमा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, अंशु महर्जन, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दिलिप उखेडा, रचना गौतमको अभिनय रहेको छ।
चलचित्रले आमाको संघर्ष, जिम्मेवारी र समाजले आमाप्रति देखाउने व्यवहारलाई केन्द्रमा राखेको बताइएको छ। चलचित्रमा ‘बा आमाले पसिनाले घर बनाउनु भयो,हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनु पर्यो’भन्नै स्लोगनले दर्शकको ध्यान ताकिसकेको छ। किनभने यस शब्दले आमा बुबाप्रति छोराछोरीबीचको गहिरो भावना कथा बुनिएको छ भनेर बुझ्न सकिन्छ।
नेपालमा चलचित्र वितरणको अधिकार आरआर चलचित्रस्ले पाएको छ भने चलचित्रको डिजिटल अधिकार ओएसआर रहेको छ। आगामी माघ १६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको यो चलचित्रबाट निर्देशक चन्त निकै उत्साहित देखिएका छन्।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
