तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा हुने
सेलिब्रेटी नेपालको आयोजनामा हुने तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) आगामी वैशाख महिनामा हुने भएको छ । महोत्सव अध्यक्ष रघुनाथ सापकोटाका अनुसार तेस्रो संस्करण रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ ।
महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । महोत्सवमा सहभागीताका लागि यस अघि नै आवेदन खुल्ला भइसकेको छ । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
पर्यटन प्रबर्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ आयोजना हुने यो महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरुको सहभागीता रहनेछ ।
दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका चलचित्रलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रबर्धन गर्नु महोत्सवको मुख्य उद्देश्य भएको अध्यक्ष सापकोटाले जनाएका छन् ।
महोत्सव पहिलो बर्ष गोरखा जिल्लाको लाप्राकमा र दोश्रो पटक काभ्रे जिल्लाको भकुन्डेबेसीमा सम्पन्न भएको थियो । तेश्रो संस्करणको जागरुक युवा क्लब रामेछापले स्थानीय ब्यबस्थापन गर्नेछ भने कार्यक्रम संयोजक चलचित्र निर्देशक कमल एक्चै मगर रहेका छन्।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
