Yo Mann Ta Mero Nepali Ho
Feature Film PatrioticJul 11, 2025Hall Release
News
‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु
चलचित्र ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । दोस्रो चरणको छायांकनमा आठ देशका कलाकारहरु जोडिएका छन् ।
चलचित्रमा नेपाल सहित भारत ,मलेसिया ,पोल्याण्ड ,अस्टिया ,बेल्जियम ,ट्युनिसिया ,जर्मनी, साउथ अफ्रीका लगायतका देशका कलाकारहरुको अभिनय रहने छ । चलचित्रको तेस्रो चरणको छायांकन भने क्यानाडामा हुने चलचित्रका निर्माण नियन्त्रक सुमन काफ्ले जानकारी दिए ।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर)को निर्देशन रहेको चलचित्रलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रको पहिलो चरणको छायाँकन नेपालको झापा ,इलाम साथै भारतको सिकिम ,दार्जीलिङ, जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउमा गरिएको थियो ।
चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भन्डारी, बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशीलगायतको अभिनय रहेको छ ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा. लि.को प्रस्तुतीमा मित्र प्रधान (नर)को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्रले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताउनुभयो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



