Yo Mann Ta Mero Nepali Ho

Feature Film PatrioticJul 11, 2025Hall Release

News

सकियो ‘यो मन त मेरो नेपाली हो’को छायाँकन

लेन्सनेपाल २०८१ आषाढ ११
सकियो ‘यो मन त मेरो नेपाली हो’को छायाँकन

चलचित्र ‘यो मन त मेरो नेपाली हो’को सम्पूर्ण छायांकन सकिएको छ । ‘आखै रसिलो’ बोलको गीतको छायांकन सँगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो । भ्वाइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा आइताबारबाट छायांकन गरिएको गीतको मंगलबार बिहान छायांकन सकिएको हो ।

दीपक शर्माको शब्द तथा संगीत र अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार रोशन श्रेष्ठ  र आयुषा समालसगै मेरो डान्स युनिभर्सकी बिजेता खुशी कार्की, नारायण प्रधान, डि आइडीका टप टेन डान्सर नरेश वीर सिंहलाई फिचर्ड गरिएको छ ।

चलचित्रको केहि दिन अघि अमेरिकामा समेत छायांकन गरिएको थियो । साथै नेपालको झापा, इलाम साथै भारतको सिकिम, दार्जीलिङ, जयगाउ, पश्चिम् बङ्गाल लगायतको ठाउमा चलचित्रको छायांकन गरिएको थियो । चलचित्रमा भारत, मलेसिया, पोल्याण्ड, अस्टिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रीका लगायतका देशका कलाकारहरुको अभिनय रहेको छ।

अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर)को  निर्देशन रहेको चलचित्रलाई  ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ  ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुबास भन्डारी, बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ । चलचित्रकी नायिका आयुषा समाल मेरो डान्स कप युएसए कि फर्स्ट रनर अप हुन् ।
 
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीरहेको चलचित्रले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ । शिवम् अधिकारीको लेखन रहेको चलचित्रमा मित्र प्रधानको कथा, दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।