Yo Mann Ta Mero Nepali Ho

Feature Film PatrioticJul 11, 2025Hall Release

News

‘यो मन त मेरो नेपाली हो’ – अमेरिकामा विभिन्न सहरमा प्रदर्शन

लेन्सनेपाल २०८२ आषाढ ४
‘यो मन त मेरो नेपाली हो’ – अमेरिकामा विभिन्न सहरमा प्रदर्शन

चलचित्र ‘यो मन त मेरो नेपाली हो’को अमेरिकामा विभिन्न सहरमा विशेष शो आयोजना गरिएको छ । अमेरिकाको कोलम्बस, ह्यारिसबर्ग र पिट्सबर्ग सहरमा गरिएको विशेष शोमा चलचित्र दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । सोमबार बेलुका पिट्सबर्गमा भएको शोमा कतिले हलमा सिट नपाउँदा उभिएर समेत चलचित्र हेरेको खबर प्राप्त भएको छ ।

नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्नुपर्छ र नेपालीहरुबीच मजबुत एकता हुनुपर्छ भन्ने सन्देश चलचित्रले दिएको प्रायः दर्शकको प्रतिक्रिया छ । कतिपयले आफ्नै भोगाई पर्दामा आएकोमा खुसी व्यक्त गर्दै चलचित्र हेरिरहँदा भावुक भएको बताएका थिए । अमेरिकामा चलचित्रलाई प्राप्त प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ ।

असार २७ गतेबाट नेपालमा प्रदर्शनमा हुने चलचित्रलाई मित्र प्रधान (नर)ले निर्देशन गरेका हुन् । चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, नारायण खाती, आयुषा समाल, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी लगायतको अभिनय छ । नेपाली भाषा, साहित्य, परम्परा र संस्कृतिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनका लागि चलचित्र निर्माण गरेको निर्देशक प्रधानको दाबी छ ।

पद्यमा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्रलाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् । चलचित्रमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत, देव महर्जन द्वन्द्व, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिश शाहको सम्पादन छ ।