Upahaar

UA Feature Film DramaMar 08, 2024Hall Release

News

अष्ट्रेलियाबाटै गरिन सुष्माले ‘उपहार’को डबिङ

लेन्सनेपाल २०८० माघ २८
अष्ट्रेलियाबाटै गरिन सुष्माले ‘उपहार’को डबिङ

हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट चलचित्र ‘उपहार’को डबिङ गरेकी छिन् । आगामी फागुन २५ बाट प्रदर्शन हुने चलचित्रमा अभिनय गरेकी सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् ।

सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी थिइन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको चलचित्रमा रेखा थापा, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको अभिनय रहेको छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शमर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएका तीन गीत ‘वाह ! वाह !! वाह !!!’, ‘मुटुको चार आना’ र ‘हारेको छैन’ ले राम्रै चर्चा पाइरहेको छ ।