Unko Sweater
Feature Film Love StoryMay 09, 2025Hall Release
News
चलचित्र ‘ऊनको स्वीटर’को शिर्ष गीत सार्वजनिक
चलचित्र ‘ऊनको स्वीटर’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हर्क साउदका शब्द र सुजन चापागाईको स्वर र संगीत रहेको छ ।
६ महिनाअघि चलचित्र घोषणा गर्दा गीतको एक अंश सार्वजनिक गरिएको थियो । सोही गीतको पुरा अंश भ्यालेण्टाइन डेको अवसर पारी सार्वजनिक गरिएको हो ।
आर्टमान्डूले सार्वजनिक गरेको गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव चित्रण गरिएको छ ।
भिडियोमा तन्नेरी अवतारमा देखिएका विपिन र मिरुना लेकको गोठमा प्रेमालाप गरिरहेका देखिन्छ। लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो । भारतीय मेकअप आर्टिस्ट अयाज् शेख चलचित्रका मेकअप आर्टिस्ट हुन्।
नवीन चौहानको डेब्यु निर्देशन रहने चलचित्रमा बिपिन र मिरुनाका अलवा माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।
निर्देशक चौहानकै लेखन रहेको चलचित्रमा सुजन चापागाईं र कोविद बज्रको संगीत, हर्क साउद र झुमा लिम्बुको शब्द, चिन्तनराज भण्डारीको छायाँकन र कृष्ण भण्डारीको सम्पादन रहने छ ।
वैशाखबाट फ्लोरमा जाने चलचित्रलाई पाँचथरमा छायाँकन गरिने छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



