Unko Sweater

Feature Film Love StoryMay 09, 2025Hall Release

News

चलचित्र ‘ऊनको स्वीटर’को छायांकन सुरु

लेन्सनेपाल २०८१ जेष्ठ २७
चलचित्र ‘ऊनको स्वीटर’को छायांकन सुरु

चलचित्र ‘ऊनको स्वीटर’को छायांकन सुरु भएको छ । आइतबार पाँचथरस्थित साधुटारमा शुभमुहूर्त गर्दै छायाँकन थालिएको हो ।

नवीन चौहानको निर्देशन रहने चलचित्रको छायाँकन गीतबाट गरिएको छ । अभिनेता एलेक्स पारस र अभिनेत्री परीक्षा लिम्बूलाई फिचर्ड गर्दै आइतबार गीतको छायांकन थालिएको हो । केही दिन उनीहरुकै दृश्य खिचिनेछ । चलचित्रको मुख्य भूमिकामा रहेका अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरले केही दिनमा छायाँकन सेट ज्वइन गर्ने बताइएको छ ।

करिब ३५ दिनको छायांकन सेड्युल रहेको चलचित्रमा माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, अरुण पुन मगर, रुपेश लामा, प्रकाश बस्नेत, कवि राई, मिलन खत्री, भावना खपाङ्गी मगर, लक्ष्मी योङहाङ, इन्द्रनारायण आङदेम्बे लगायतको पनि अभिनय रहनेछ । निर्देशक चौहान स्वयंको लेखन रहेको चलचित्रमा सुरज कटुवालको सह–लेखन छ ।

चलचित्रमा चिन्तनराज भण्डारीको छायाँकन, सुजन चापागाईको स्वर तथा संगीत र शर्क साउदको गीत रहेको छ । गत भ्यालेन्टाइन डेमा चलचित्रको कथासार बुझाउने ‘फूल’ बोलको गीत सार्वजनिक गरिएको थियो । चलचित्र आगामी असोज वा कात्तिकमा प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण टिमको छ ।